बाढीले राजमार्गमा क्षति पुर्‍याउँदा सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू अलपत्र परेको भन्दै सांसदहरुले गराए ध्यानाकर्षण

काठमाडौं । वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।

सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनस्र्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको बताए।

त्यस्तै, साेमबार दिउँसाे आएकाे बाढीले अवरुद्ध  बिपी राजमार्गमा अहिलेसम्म सहज रुपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए ।

सांसद दोङले सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिएको बताए ।उनले भने, ‘सिन्धुली र काभ्रेको सिमानामा ५०औं बिरामी, एम्बुलेन्स, यातायात लगायत रोकिएका छन् जतिसक्दाे चाँडाे  सडक खुलाउन पहल गराैं‌ ।’

सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताए । त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *