चलचित्र ‘एक्लो’ विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’को ७२ औं संस्करणमा सहभागी हुँदै

काठमाडौँ। विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’को ७२ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुने भएको छ। प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रमहरुमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुने भएको हो।

‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा ‘एक्लो’ ले स्टल नै खडा गरेर चलचित्रलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्ने भएका हुन। मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् ।

स्टलमा नेपालको झण्डा राख्ने तयारी छ भने निर्देशक प्रदीप शाही स्वयं प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन्। तयारीको लागि उनी आइतबार पेरिस पुगेका छन् ।

कान्समा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ । नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने र सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् ।

‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक फिल्मको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो भने हुन बाँकी छ। कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुने जनाइएको छ जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *