काठमाडौं । भारत र पाकिस्तानले हानाहान गरिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तानका उच्च अधिकारीहरुसँग कुराकानी गरेका छन् ।
रुबिओले भारतका विदेशमन्त्री एस. जयशंकर तथा पाकिस्तानका सेनापति असिम मुनिरसँग कुराकानी गरेको अमेरिकी स्टेट डिपार्टमेन्टको सूचना साभार गरेर अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।
सीएनएनका अनुसार युद्धलाई थप उग्र हुन नदिन तनाव घटाउने र सीधा संवादको माहोल बनाउनेबारेमा अमेरिकी विदेशमन्त्रीले प्रस्ताव राखेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारत र पाकिस्तानको युद्धमा अमेरिकाको कुनै रुचि नभएको प्रतिक्रिया दिएको केही समयपछि अमेरिकी विदेशमन्त्रीले भारत र पाकिस्तानका अधिकारीहरुसँग कुरा गरेर समन्वय गर्न खोजेको समाचार सार्वजनिक भएको हो ।

Leave a Reply