काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनाव र युद्धको बढोत्तरीप्रति चीनले चिन्ता व्यक्त गरेको छ । क्षेत्रीय शान्तिमा असर पर्ने भन्दै चीनले दुवै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।
चीनियाँ विदेश मन्त्रालयले शनिवार वक्तव्य जारी गर्दै भारत र पाकिस्तानबीचको समस्या समाधान गर्नका लागि बेइजिङ रचनात्मक भूमिका खेल्न तयार रहेको समेत प्रष्ट पारेको छ ।
चीनले दुवै देशलाई शान्ति र स्थायित्वलाई प्राथमिकता दिन आग्रह गर्दै शान्तिपूर्ण राजनीतिक संवादबाट अहिलेको तनाव अन्त्य गर्न सकिने बताएको छ । थप क्षति हुन नदिन चीनले पहल लिन सक्ने जनाएको छ ।
चीन यो क्षेत्रका सबैभन्दा महत्वपूर्ण शक्ति र विश्व अर्थतन्त्रको दोस्रो ठूलो महाशक्ति भएकाले उसको भूमिका अर्थपूर्ण हुनेछ । चीनले भारतले शुरुमा गरेको आक्रमणलाई निन्दनीय भनेको थियो । भारत र पाकिस्तान दुवैसँग चीनको सीमा जोडिएको छ ।

Leave a Reply