आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको पहलगाममा गरेको आतंकी हमलाको प्रतिकार आवश्यक रहेको बताएका छन् ।

भारत-पाकिस्तानबीच तनाव बढेका बेला मुख्यमन्त्री सिंहले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन्, हामी सबैको साझा लडाइँ हो ।’

आतंकवादको कुनै धर्म, जात, वा सिमाना नहुने गरेको भन्दै मुख्यमन्त्री सिंहले कायरता मानवताविरुद्धको अपराध हो र यसको प्रतिकार आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ । आतंककारीहरूलाई मौन साथ होइन्, खुलेर प्रतिकार चाहिन्छ,’ उनले भनेका छन्, ‘मधेश भारतको साथमा छ । आज पनि, भोलि पनि र सदैव ।’

Comments

2 responses to “आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह”

  1. ksp pyl Avatar
    ksp pyl

    पुरानो पोखरा एयरपोर्टबाट बुद्व एयरले वाराणसी उडान गर्थ्यो । अहिलेको नयाँबाट पनि शुरू गर्छुभन्दा भारतले अनुमति दिएन । नयाँ एयरपोर्ट चाहे पोखरा होस् या लुम्बिनी कसरी हुन्छ चल्न नदिने रणनीतिमा छ भारत । नेपालको लुम्बिनीको सट्टा अर्कै बुद्व जन्मेको ठाउँ बनाएको छ भारतले । त्यसैले लुम्बिनी एयरपोर्ट सकेसम्म चल्न दिदैन । समग्रमा भारत नेपालको विकास देख्नै चाहादैन । नेपाललाई आफ्नो मात्र र गुलाम बनाउन चाहान्छ । यस्तो दुष्ट स्वभावको भारतले चालेका सबै कदममा साथ दिनुपर्छ भन्नेहरू या त उसका पाल्तु हुन् या उसले पदमा टिकाईदेला भनेर गुणगान गाउने अन्धाहरू हुन् । एउटा …… जान्न चाहन्छन भन्ने पत्रकार छ भारतको हनुमान । आजभोलि जुन नेतालाई पनि सोध्छ कि पाकिस्तान विरूद्व भारतले गरेको संन्य कारवाहीमा नेपाल भारतको पक्षमा लाग्नुपर्छ । लैनचौरको हण्डी खाने यस्ता पत्रकारको लाईसेन्स खोस्नुपर्छ ।

  2. samir Avatar
    samir

    भारत जस्तो आततायी छिमेकी विरुद्ध नेपालले पाकिस्तानलाई साथ दिनुपर्छ। यी मधेसी त भारतीय नै हुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *