भारतमा पाकिस्तानको हमला, हवाई सेना अड्डा ध्वस्त गरेको पाकिस्तानी मिडियाको दाबी

काठमाडौं । भारतमा शनिबार बिहानै पाकिस्तानले आक्रमण गरेको दाबी पाकिस्तानी मिडियाले गरेको छ। आक्रमणमा परेर भारतको सैन्य हवाई शिविर ध्वस्त भएको पाकिस्तानी मिडिया एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

आक्रमणलाई ‘अपरेसन बुन्यान उन मार्सोस’ नाम दिइएको छ। पाकिस्तानी सेनाले यस अपरेसनमा भारतका मदरसा तथा नागरिक क्षेत्रमा हमला गर्न तयारी गरिरहेका शिविरहरूलाई लक्षित गरिएको बताएको छ।

आक्रमणको भनिएको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। हमलामा पाकिस्तानमै निर्मित फताह–१ मिसाइल प्रयोग गरिएको दाबी गरिएको छ।

कश्मीरमा भएको आतङ्ककारी घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको छ। उक्त घटनाका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ भने पाकिस्तानले भने यसलाई भारतको आन्तरिक आतङ्कवादको उपज भनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *