देवेन्द्र पौडेल भन्छन्- माओवादी अहिले सरकारमा जान कसैलाई फकाउनतिर लाग्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफ्नो पार्टीको सरकारमा जाने कुनै इच्छा नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेको सरकारलाई अपरिपक्व भएको टिप्पणी गरे।

उनले भने, ‘सरकारको अलोप्रियता, अपादर्शिता र गैरजिम्मेवारपना प्रष्ट प्रकट भएको छ। कसैलाई जालमा पार्ने कसैलाई फकाउने कुरा होइन। सरकार परिपक्व भएर जनताको उठेको समस्या सम्बोधन गरेर डेलिभरीको कामतिर केन्द्रित होस् भन्ने हाम्रो कुरा हो। अहिले सरकारमा जाने कुरा छैन, सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौँ। नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न। प्राधिरकरण, गभर्नर नियुक्तिको कुरामा पनि एकस्वरले बोल्न सक्नुभएको छैन।’

उनले विद्युत् प्राधिकरणको नाफा घाटाबारे सरकारले जवाफ दिनुपर्ने भन्दै छानविन गर्न माग गरे। उनले अहिलेको सरकार जनताको नभइ आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि मात्रै बनेको प्रष्ट भइसकेको बताए।

Comments

One response to “देवेन्द्र पौडेल भन्छन्- माओवादी अहिले सरकारमा जान कसैलाई फकाउनतिर लाग्दैन”

  1. ksp pyl Avatar
    ksp pyl

    आयो प्रचण्डको पुच्छर । यसले शिक्षा मन्त्री हुँदा कति कमायो ? छानबिन गर । यसले घुस अमेरिका पठाएको हुनसक्छ किनकी आजकल घुस्याहाहरूले बच्चा गएको विदेशमा पैसा पठाउन लगाएर घुस खान्छन् रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *