उपेन्द्र नेतृत्वको जसपा नेपाल पनि भारतको ‘अप्रेशन सिन्दूर’को पक्षमा

काठमाडौं । भारतले पाकिस्तानमाथि सुरु गरेको ‘अप्रेशन सिन्दूर’लाई उपेन्द्र यादव नेतृत्वको जसपा नेतृत्वले समर्थन जनाएको छ।

जसपाका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आतङ्कवादीहरूले २२ अप्रिल, २०२५ का दिन भारतको जम्मु कश्मिर स्थित पहलगाममा नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना पर्यटकको जघन्यत्तापूर्वक हत्या गरे । जनता समाजवादी पार्टी, नेपाल उक्त हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको घोर निन्दा र भत्र्सना गर्दछ ।’

उनले यस्ता कुर र बर्बर आतवाद विरूद्वको लडाईमा जनता समाजवादी पार्टी, नेपाल समर्थन र ऐक्यबध्दता व्यक्त गर्ने बताए।

विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता हुँदैन। जसपा नेपाल आतङ्कवादको कुनै पनि रूप कदापी स्वीकार गर्न सक्दैन। विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिंदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएकोले यसप्रति पनि पार्टी गम्भीर चिन्ता व्यक्त गर्दछ ।’

जसपा नेपाल समस्त दक्षिण एशियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरे।

‘हाम्रो पार्टी सधैं शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहँदै आएको छ र आगामी दिनहरूमा पनि यस्तै मान्यताकासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *