काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले श्रम प्रशासनलाई थप व्यवस्थित गर्दै अघि बढ्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रम कार्यालयलाई प्रदेशसँग जोड्ने गरि काम भइरहेको बताएका हुन् ।
श्रम सम्बन्धी कार्यलाई पारदर्शी बनाउनका लागि सवै सेवा, सूचनाहरुलाई एकीकृत गर्ने काम भएको उनले बताए । उनले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष्म मिलेर काम गर्नुपर्ने समेत बताए ।
मन्त्री भण्डारीले रोजगारीलाई सीपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे । उनले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने भन्दै सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने जानकारी दिए ।

Leave a Reply