‘परराष्ट्रमन्त्रीलाई परराष्ट्र नीति थाहा छैन, अहिले पाकिस्तानको सैनिक मण्डल भ्रमणको बेला होइन’ (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला नभएको बताए।

उनले भने, ‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ। नेपालसँग खुला सीमा छ। सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस्। सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन। किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ। त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन।’

उनले पाकिस्तानका तीनवटै आर्मीको ११ जना अहिले नेपालमा रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *