काठमाडौं । डेढ करोड रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका काठमाडौं महानगर ३० बस्ने ४७ वर्षीय अमित अग्रवाललाई काठमाडौं प्रहरी परिसरले स्मयम्भूबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । पटकपटक गरी अग्रवालविरुद्ध जरिवाना भएको छ ।

Leave a Reply