काठमाडौं । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालप्रति अन्तिम श्रद्धाञ्जली अर्पणको कार्यक्रम बेलुकी ६ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह अगाडि नै हुने भएको छ ।
उनले मृत्युपूर्व लेखेको इच्छापत्रको सम्मान गर्दै पार्टीले कुनै कार्यक्रम आयोजना नगरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । इच्छापत्रमै उल्लेख गरेका कारण पार्टी झण्डा पनि नओढाइने उनले बताए ।
‘उहाँको सम्मानमा राष्ट्रिय झण्डा ओढाइनेछ’, उनले भने ।
यद्यपि पार्टीले नेता नेपालको सम्मान, श्रद्धाञ्जली र स्मृतिमा विभिन्न कार्यक्रम गर्ने उनले बताए ।
‘पार्टीको बैठक बस्छ र बैठकको निर्णयअनुसार कार्यक्रम तय हुन्छ’, उनले भने ।

Leave a Reply