काठमाडौं । नेपालकै प्रमुख ईको-वेलनेस तथा गल्फ रिसोर्टमध्ये एक मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले गर्मीको मौसमलाई लक्षित गर्दै ‘समर स्टेकेशन अफर’ सार्वजनिक गरेको छ। सीजी हस्पिटालिटी अन्तर्गत सञ्चालित यस रिसोर्टले २०२५ जुन ३० सम्मका लागि विविध स्टेकेशन र डेककेशन प्याकेजहरूमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो।
अफरको उद्देश्य अतिथिहरूलाई प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक अनुभवमार्फत पूर्ण विश्राम प्रदान गर्नु रिसोर्टले जनाएको छ । अफर अन्तर्गत जोडी, परिवार वा साथीहरूबीच शान्त वातावरणमा रमाइलो गर्ने विभिन्न प्याकेजहरू उपलब्ध छन्।
एक दिने डेककेशन प्याकेज अन्तर्गत रु ६,००० मा ६० मिनेटको स्पा थेरापी वा २ घण्टाको गल्फ सेसनमध्ये एक छान्न सकिने सुविधा प्रदान गरिएको छ। साथमा स्थानीय उत्पादनहरूबाट बनेको स्वास्थ्यवर्द्धक थ्री-कोर्स लन्च, पूल, जिम, ब्याडमिन्टन र बास्केटबल कोर्ट, बोर्ड गेम्स र कम्प्लिमेन्टरी वाइफाइ उपलब्ध छ।
७ देखि १२ वर्षका बालबालिकाका लागि छुट्टै ‘किड्स डेककेशन प्याकेज’ रु ३,००० मा उपलब्ध छ, जसमा ३० मिनेटको किड्स स्पा सेसन, विशेष बाल लन्च तथा विविध खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू समावेश छन्।
दुई जनाको लागि क्लब रुम रु १२,००० र लागुन भिल्ला रु १६,००० मा उपलब्ध छन्। चार जनासम्मको लागि २-बेडरुम क्लब रुम रु ३०,००० र २-बेडरुम लागुन भिल्ला रु ४०,००० मा बुक गर्न सकिन्छ। ४ वर्षमुनिका बालबालिकाको बसाइ निःशुल्क हुनेछ।
यी प्याकेजहरूमा दैनिक नास्ता, दिउँसोको चिया, टिबेटियन सिङिङ बाउल साउण्ड थेरापी, गाइडेड नेचर वाक, फरेस्ट बाथिङ, वाटर वेलनेस सेसन, गल्फ सेसन, रूख रोपाइँ वा तरकारी टिप्ने अनुभव, बालबालिकाका लागि माछा मार्ने र कला गतिविधिहरू पनि समावेश छन्।
रिसोर्टका पाहुनाहरूलाई नजिकैको शाश्वतधाम मन्दिरमा आरती पूजा, सीजी म्युजियम, र उन्नति कल्चरल भिलेजमा थारु संस्कृति, खाना र जीवनशैलीको अनुभव समेत निःशुल्क गराइनेछ। साथै, अतिरिक्त शुल्कमा स्थानीय समुदायको सहकार्यमा जंगल सफारीको अवसर पनि उपलब्ध छ।
रिसोर्ट व्यवस्थापन भन्छ, ‘हामीले यी प्याकेजहरू यस्तो ढंगले तयार पारेका छौं जसले विश्राम, साहसिकता र पारिवारिक आनन्द सबै एकैसाथ दिन सकोस्।’

Leave a Reply