माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको नेपाल प्रेसलाई बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताए ।

संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

Comments

2 responses to “माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता”

  1. ram bahadur thapa Avatar
    ram bahadur thapa

    best of luck
    आदरणीय मित्र सादर अनुरोध सङ्गै बधाई दिन चाहान्छु। नेपाली हामी जनताले कति बर्ष 70 बर्षे बुढाहरुबाट राजनीतिक रुपले बलात्कार हुनुपर्ने ? जुन नेताको पक्षको सरकार बनेपनी केही फरक भएन अस्थाई या स्थाई जुन सरकार बनेपनी लुट्ने बाहेक केही भयो त अन्य काम? त्यसैले अब युवा पढेलेखेका युवा नै आउनु पर्यो त्यसैले अब देश बचाउन देशलाई माथि उठाउन जग नै बनेर खडा हुनुपर्यो। हैन भने आशा के गर्ने कहाबाट आशा गर्ने अब जनताले? नेतालाई भोट मात्रै चाहिने हो भने अहिलेको समय सन्दर्भमा पशुपतिमा जल्दैछन भोटर। नेतालाई सत्ता र कुर्सी कै खेल। देशका प्रत्यक घाटमा गएर चुनाब प्रचारप्रसार गर भन्दा हुन्छ अब भोट पनि उतै माग भन्न पर्छ हैन भने आज जनता अक्सिजन नपाएर प्याकप्याक मुख पाउदै परान त्याग्दैछन जनता नेतालाई मध्याबदी चुनाब चाहियो? जनमत चाहियो? यिनलाई परास्त गरेर नया सस्कार सहितको राजनितिक गर्न अघि बढ्नुस शुभकामना मेरो तर्फबाट ।

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    यो चिन्हले अस्ति भर्खर मात्र सफलता प्राप्त गरेकोले हौसला पनि मिलेको होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *