विराटनगर । झापाको बिर्तामोडस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थामा ६ करोड रुपैयाँभन्दा बढी अपचलन गरेर फरार संस्थाका अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेर लामो समयदेखि फरार खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका खनाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
खनालले दुई करोड ६ लाख रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ । रकम लिएर फरार खनालविरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो।
भद्रपुर– ८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीको रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए ।

Leave a Reply