पाटन संयुक्त क्याम्पस स्ववियुको मतदान सम्पन्न- त्रिपक्षीय प्रतिस्पर्धा, नतिजा केही बेरमै

ललितपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १,७७४ मत खसेको छ । चैत ५ गते भएको स्ववियु निर्वाचनमा ८५ मत खसेपछि नेविसंघले मतपेटिका फुटाएका कारण मतदान स्थगित भएको थियो । यहाँ कुल ७,४९४ मतदाता रहेका छन् ।

यसबीचमा दोस्रो पटक मतदानको मिति तोकिए पनि विद्यार्थी संगठनहरुको विवादका कारण निर्वाचन नभएपछि अनेरास्ववियुका उम्मेदवारले उच्च अदालतमा रिट हालेर अन्तरिम आदेश ल्याएका कारण शनिबार मतदान भएको हो ।

पाटन क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरु गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धामा छन् । अनेरास्ववियुबाट तिलक कुमाल, नेविसंघबाट रोहित कपाली र अखिल क्रान्तिकारीबाट दीपक मगरको प्यानलबीच प्रतिस्पर्धा छ ।

अघिल्लो निर्वाचनमा सभापति स्वतन्त्रले जित्दा अन्य पदमा अनेरास्ववियुले जितेको थियो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भएकाले आजै निर्वाचन परिणाम सार्वजनिक हुने निर्वाचन समिति संयोजक छविराम बरालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *