कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल कांग्रेस संसदीय दलको बैठक अहिले भइरहेको छ। संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा कांग्रेस दलको बैठक बसेको हो ।

बैठकमा सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रम, पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे जनाइएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कांग्रेसका केही नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

बैठकमा आगामी रणनीति र सदनमा प्रभावकारी भूमिका खेल्नेबारे पनि छलफल हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *