ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन, मिल्न रहर लाग्नेहरूले बाटो तताए हुन्छ: राजेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेसँग एकता हुँदैछ भनेर चलेको हल्लाको कुनै सत्यता नभएको बताएका छन् ।

पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्ने काम अपराध थियो भनेर माफी नमागेसम्म एकता हुन नसक्ने बताए ।

एमालेसँगको एकताको चर्चाबारे पाण्डेले यसरी सुनाए

हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ । त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे ।

जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन ।

कोही-कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला, मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ । हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ ।

Comments

3 responses to “ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन, मिल्न रहर लाग्नेहरूले बाटो तताए हुन्छ: राजेन्द्र पाण्डे (भिडिओ)”

  1. Hari Thalang Avatar
    Hari Thalang

    मानौं, त्यो अपराध थियो रे ! माफी मागेमा त्यो धर्ममा परिणत हुन्छ रे ???

  2. ksp pyl Avatar
    ksp pyl

    यसलाई अहिले कसले मिल्ने भनेको छ ? एमाले यी नक्कली कम्युनिष्टहरूसँग कहिल्यै मिल्नु हुदैन । यी आफैं सकिन्छन् ।

  3. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    हैन पार्टी फुटाउनेले माफि माग्नु पर्ने हाे कि पार्टी जाेगाउनेले ? कस्ताे कुरा हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *