यी हुन् कोशी लगानी सम्मेलनमा सोकेसमा राखिएका ७१ आयोजनाको सूची (जिल्लासहित)

विराटनगर । कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन सुरू भएको छ । २ दिनसम्म सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ ।

प्रदेश सरकारले सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधनलगायतका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।

कोइरालाले भने,‘दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने गरी फाइनल चरणको कुरा भइसकेको छ ।’

सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ ।

लगानी सुरक्षित गर्न र अड्चनहरू हटाउन सरकारले ८ वटा कानून अध्यादेशमार्फत संशोधन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कार्कीले एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफलपछि परियोजना छनोट गरिएको बताएका छ्न् ।

यी हुन् कोशी सरकारले सोकेसमा राखेका योजनाको सूची-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *