ओली, देउवा र प्रचण्डबारे बाबुराम- श्री ३ हरूले देशलाई कंगाल बनाए (भिडिओ)

काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता कांग्रेस र कम्युनिष्टहरुले सत्ता चलाएकै कारण देश कंगाल हुँदै भएको आरोप लगाएका छन्।

जनवर्गीय संगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट भन्नेहरू नै भ्रष्टाचारमा लिप्त भएको जिकिर गरे।

उनले भने, ‘राजनीति भनेको तमासाजस्तो भएको छ कहिले, केही मान्छेहरूलाई झूटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर लूट मच्याउनेलाई राजनीति भन्ने गरिएको छ। देशलाई विकल्प दिने भनेर आएका यी मुख्य तीन दल नै पालैपालो सरकार चलाएर श्री ३ भएर बसेका छन्, त्यसैले अब यी सबैको विकल्पमा नयाँ शक्तिको आवश्यकता छ।’

उनले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले सत्ता आलोपालो चलाएका तीन नेताहरूकै कारणले जनतामा वितृष्ण बढेकै कारणले अहिले श्री ३ भन्दा श्री ५ नै ठिक हो कि भन्ने पर्न थालेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *