राजावादीलाई ओलीको प्रश्न- अहिले त प्रहरीलाई गाडीले किच्न जान्छन्, सत्तामा पुगे के गर्लान् ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन्।

एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन्।

फालिएको राजतन्त्र पक्षधरहरुको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको बताउँदै उनले उनीहरुको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेको बताए।

उनले भने, ‘शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ । हामी समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ ।’

रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए। उनले थपे, ‘हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरु राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।’

Comments

2 responses to “राजावादीलाई ओलीको प्रश्न- अहिले त प्रहरीलाई गाडीले किच्न जान्छन्, सत्तामा पुगे के गर्लान् ? (भिडिओ)”

  1. bipin Avatar
    bipin

    yesta ukhan tukkee ko kura chapnee ho

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    दिमाग खुस्कीसक्यो यो बूढोको, त्यही भएर अनावश्यक बर्बराउछ, छुद्र टिप्पणी गर्दै बस् । शक्ती सत्ता पुलिस आर्मी उसकै हातमा छ तर एउटा आन्दोलन जनताले गर्ने बित्तिकै स्याल झै हुइयॅा मच्चाउछ। यि स्याल र सिह (राजा) बिचको फरक यही हो। यि पचास वटा स्याललाइ ज्यु ज्यु गर्नु भन्दा एउटा सिहलाइ(राजा) नेता मान्नु बेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *