काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु ठूलो षड्यन्त्र भएको बताएका छन् ।
कारागारबाट छुटेका चौधरीलाई लिन पुगेका राउतले पार्टी एकता हुने बेलामा चौधरी पक्राउ पर्नुलाई ठूलो षड्यन्त्रको रुपमा लिएको बताएका हुन् ।
उनले संक्षिप्त प्रतिक्रिया दिँदै चौधरी पक्राउ पर्नुमा मधेशवादी दलहरुको हात रहेको आशंका व्यक्त गर्दै जनमत र नाउपाको एकता भाड्ने प्रयासको रुपमा लिएको उनले बताए ।
उनले भने,‘हाम्रो एकतालाई भाड्ने प्रयासका रुपमा लिएका छौं । ठूलो षड्यन्त्रको रुपमा लिएका छौं । यो लोकतान्त्रिक व्यवहार होइन । त्यो रुपमा बुझेका छौं । सिमान्तकृत शक्तिहरु बन्न लाग्दा त्यसलाई भाड्नको लागि कहाँबाट देखिन्छ भने एकीकरण घोषणा हुन लागेकै दिन त्यही ठाउँबाट पक्राउ गर्नुले छर्लङ देखाइरहेको छ । त्यसैले यसलाई हामीले ठूलो षडयन्त्रको रुपमा लिएका छौं । पक्कैपनि षडयन्त्र भएको भन्ने कुरा हामीले बुझेका छौं । अहिले हामी बैठक बस्छौं। छलफल गछौं । के कस्ता कुराहरु भएका छन् कहाँकहाँबाट थ्रेट छ कति सम्म थ्रेट छ ।’ उनले याे सामान्य पक्राउ नभएकाे प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतबाट अरु त्रृटी देख्नुभएको छ भन्दै प्रश्न गर्दै उनले थपे,’यो सामान्य पक्राउ हुँदै होइन । कर्मचारीलाई मोहोरा मात्र बनाइएको हो । मैले उहाँलाई बिचरा मात्र भन्न सक्छु । यो धेरै माथिबाट भएको हो । रेशम चौधरीले त एकीकरण अभियान अगाडि बढाउ भन्नुभएकै हो जेलबाटै ।’

Leave a Reply