चौथाइवालेले भेटघाट थाले, देउवा दम्पतीसँग भलाकुसारी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणासँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

तीन दिने भ्रमणका लागि आजै नेपाल आएका उनले देउवा दम्पतीसँग भेटवार्ता गरेका हुन् । परराष्ट्रमन्त्री राणा भेटबारे सामाजिक सञ्जालमा जानकारी गराएकी छन् । उनले लेखेकी छन्, ‘चौथाइवालेसँगको भेटमा नेपाल–भारतबीचका लामो सम्बन्धलाई अगाडि अझै प्रगाढ बनाउने माध्यमबारे छलफल भएको छ ।’

उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *