माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित हुने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन्।

Comments

2 responses to “माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने”

  1. Rajesh Avatar
    Rajesh

    Xito garnu paryo dhela vaesakyo aba

  2. कर्साङ लामा शेर्पा Avatar
    कर्साङ लामा शेर्पा

    हाउ खानु दिनु पर्छ।नेपालमा आहिले सम्म लुट्नु लुटे।आब यिनीहरु बाचने भनेको 5- 10 बर्ष त हो नि।युवा पुस्तालाइ यिनीहरुले कसरी हस्तान्तरण गर्छ यो देश।सेलेन पानी लगाएर आइ सी यु समा लागेर यो देश लुट्नु दिनु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *