मन्त्रिपरिषदले भोलि निर्णय गरे शिक्षक महासंघले कक्षा १२ को परीक्षा हुन दिने

काठमाडौं । सरकारसँग शिक्षकहरूको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए ।

महासंघका एक पदाधिकारीले नेपाल प्रेससँग अनौपचारिक कुरा गर्दै आफूहरूका मागबारे भोल मन्त्रिपरिषदले निर्णय गरेमा सकारात्मक वातावरण बन्ने बताइन् । त्यसो भएमा कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी हुन सक्ने उनको भनाइ छ ।

‘मन्त्रिपरिषदले पूरा गर्न सक्ने मागहरूमा भोलि नै निर्णय हुनुपर्छ भनेका छौं । त्यो भएमा १२ को परीक्षा सञ्चालन हुन सक्छ । तर सबै माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन’, ती पदाधिकारीले भने ।

आजको वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री बिष्णु पौडेल पनि केहीबेर सहभागी भएका थिए ।

Comments

One response to “मन्त्रिपरिषदले भोलि निर्णय गरे शिक्षक महासंघले कक्षा १२ को परीक्षा हुन दिने”

  1. ksp pyl Avatar
    ksp pyl

    राज्यले सकोस नसकोस धम्काएर माग पूरा गर्ने प्रवृत्तिले देश कहाँ जाला ? सरकारले सबै माग पूरा गरिदिए पनि शिक्षाको हालत उहीँ हुने मात्र होईन गुणस्तर झन् खस्किने छ । हेर्नुहोला । र ६ महिनापछि यस्तै नयाँ माग लिएर यिनीहरू फेरि बानेश्वर आउनेछन् । पल्किन्छन् ।जसले शिक्षकका गर्न सकिने माग पनि पूरा गरेन उहीँ अहिले महान शिक्षक प्रेमी देखिएको छ ।दिल्लीको दलाललाई जसरी पनि देशमा भाँडभैलो गर्नु छ । सरकार नझुकोस् । कहिलेसम्म यी सडकमा रहन्छन् हेर्दैजाउँ । केहि फरक पर्दैन । यिनलाई खेदन अभिभावक आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *