कांग्रेस-एमालेले ठेकेदारलाई पार्टीमा भित्र्याएर देशको बजेट सत्यानाश गर्ने कसम खाएका छन् : सांसद सिंह (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस एमालेले सबै निर्माण व्यवसायीलाई पार्टीमा भित्र्याएर देशको सार्वजनिक बजेट सत्यानाश गर्छु भनेर कसम खाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गणतन्त्रकै एउटै देन लुटतन्त्र भएको टिप्पणी गरे।

उनले भने, ‘पार्टी र सरकारको आवरणमा देशलाई अस्तव्यस्त नबनाऔँ। काठमाडौं आएको पर्यटक लुम्बिनी जान खोज्यो भने कसरी जाने ? सडक नबनेर भद्रगोल छ। दुर्घटनाको जोखिम छ, जुनसुकै सडक होस्। सडक बने पनि गुणस्तरीय छैन।’

उनले काम नगर्ने निर्माण व्यवसायीहरूलाई सरकारले पटक पटक म्याद थप गरेकोप्रति पनि आपत्ति जनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *