शिक्षामन्त्री रघुजी पन्तको स्वकीय सचिवमा राजेश थापा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले स्वकीय सचिवालयमा पार्टीकै जिम्मेवार नेतालाई नियुक्त गरेका छन् । परिवारका सदस्यलाई स्वकीय सचिव बनाउने प्रचलन तोड्दै पन्तले पार्टीका नेता राजेश थापालाई नियुक्त गरेका हुन् ।

नेकपा एमाले साहित्य, कला तथा संस्कृति विभागका सचिवसमेत रहेका जन सांस्कृतिककर्मी थापालाई मन्त्रालयको स्वकीय सचिवालयमा नियुक्त गरिएको हो । एमालेको सो विभागको प्रमुख मन्त्री पन्त नै छन् ।

जनसांस्कृतिक महासंघका पूर्वमहासचिव थापा यसअघि नेपाल सांस्कृतिक संघको महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । शिक्षामन्त्रीलाई सघाउन पार्टीको विभागबाटै थापालाई पठाइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *