शिक्षक महासंघका प्रतिनिधिमाथि एमाले सांसदको प्रश्न- आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउनु भएको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताए ।

उनले भने, ‘हामीले देखिरहेका छौँ। शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर फर्किएको समाचारहरू आउँछन्। तर बाहिर आउनुहुन्छ अनुहार फेरि अरअरो हुन्छ नमिठो अनुहार लाउनुहुन्छ। सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ। जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ।’

शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त बनाएको आरोप लगाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *