धादिङ । धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।
प्रदेश स्तरीय प्रतियोगिता बैशाख २५ देखि २७ गतेसम्म धादिङवेशीको कवर्ड हलमा संचालन हुनेछ ।
प्रदेशभरिबाट १२०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।
प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडीलाई नगद १०र१० हजार पुरस्कार दिइने जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारीले जानकारी दिए ।
उक्त प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले Heartland Academy Centre For Women बाफलमा कक्षा ११ र १२ फुल स्कलरसिपमा अध्ययनको अवसर प्राप्त गर्नेछ । खेलअवधीभर सबै खेलाडीलाई आयोजक कमिटीले बिहान र बेलुकी खानाको व्यवस्था गर्ने जनाइएको छ ।


Leave a Reply