विपक्षी दललाई एमालेको जवाफ- शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन्।

विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए।

उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको छैन। आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ। अहिले वार्ता भइरहेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *