कैलाली । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको पुनर्वास–९ ख गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माका अनुसार ११ घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए ।
ससुराली जान्छु भन्दै ११ गते घरबाट निस्किएका उनीहरू घर नफर्किएपछि १२ गते परिवारका सदस्यले हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
११ गते बेपत्ता भएका दम्पतीको १५ गते शव फेला परेको हो । नजिकै को फरक फरक रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै साइकल पनि फेला परेको छ। प्रहरीले साइकलमा दुवै जना सँगै आएको अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए।

Leave a Reply