युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धनको क्षेत्रमा प्रशस्तै काम गरेको बताए ।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । भेटवार्ताको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ पनि उपस्थित थिए ।

भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन संग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो ।

युरोपेली युनियनका राजदूत भरोनिक लोरेन्जोले महानगर प्रमुख चिरीबाबु महर्जनले सहरको विकासमा देखाउनु भएको दुरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको बताइन् ।

महानगरमा पाएको न्यानो आतिथ्यताप्रति उनले आभार प्रकट गर्दै ललितपुर नागरिकको हित र सहरको विकासलागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र इयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *