काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सहमति अनुसार चल्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग व्यापार विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा बस्नको लागि सरकार बनाएर नहुने बताए ।
उनले भने, ‘अहिलेजस्तो काम गरेर हामीलाई अब हुँदैन । अब सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम आएको छैन । त्यहाँ हात हाल्न छाडिदिए हुन्छ । कांग्रेस अहिले एमालेसँग मिलेर सरकारमा छौं । हामी तलमाथि गर्दैनौं । तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं । सरकार भएपछि सरकारमा बस्नको लागि मात्रै बनाएर हुँदैन । सरकारले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं ।’
उनले सरकारले नागरिकमा देखिएको बेचैनीलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्ने बताए ।

Leave a Reply