शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने षड्यन्त्र भइरहेको एमाले महासचिवको आशंका

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

आज काठमाडौंमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उत्श्रृङ्खल गतिविधि प्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वहरूको चलखेलले आज दुःखद अवस्था सिर्जना भए जनाएका छन् । उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका बेलामा आज भएको मुठभेड नियोजित भएको पोखरेलको ठहर छ ।

‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनु पर्दछ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उहाँले प्रष्ट पारेका छन् ।

‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुवै पक्ष गम्भीर ढङ्गले वार्तामा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ’, पोखरेलले लेखेका छन् ।

 

Comments

One response to “शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने षड्यन्त्र भइरहेको एमाले महासचिवको आशंका”

  1. ksp Avatar
    ksp

    मुठभेडको नेतृत्व प्रचण्ड, राजावादी, नेकपा एस, शेखर काँग्रेस र एमालेमै रहेका विद्याका पछाडि लागेकाहरूले गरेका छन् । गगन,विश्वप्रकाशजस्ता दही चिउरे दलालहरूले उकास्ने काम गरेका छन् ।निशेधित क्षेत्र भनेर तोकिएको ठाउँमा जबर्जस्ती छिर्न खोजेपछि प्रहरीले के गर्छ ? अन्य देशमा भए गोली हान्छ । अमेरिकामै पनि हान्छ । तर नेपालमा त धेरै नै सहेको देखिन्छ केपि सरकारले । २५ दिनसम्म त नाचागान गर्न दिएकै थियो त । हिजो अराजक हुने को ? यस्तो अराजक हुँदा दुर्गा प्रसाईं अहिले कहाँ छ ? शिक्षकलाई नपढाए पनि तलव आएकै छ, बच्चा निजी स्कूलमा पढेकै छन्, टिकटकमा भाईरल हुन पाईएकै छ । गरिवका छोराछोरी पढे पढुन नपढे नपढुन बाल मतलव ? शिक्षा ऐन केपिले दिने होईन संसदले दिने हो । विधेयक पास गर्न सरकारले सहजीकरणसम्म गरिदिने हो । ओलिले छिटो गरिदिनुपर्यो भनेको भोलिपल्ट यहाँ दिल्लीका भाडाका टट्टुहरू, अरूको लागि राजनीति गरेकाहरू, स्वाभिमान नभएकाहरूले केपिले संसदलाई समेत निर्देशन दिन थाल्यो भनेर रूँदै हिडन थाल्छन । शिक्षकले जे भन्यो त्यो पूरा गर्न सक्छ सरकारले ? जसले जे माग्यो त्यो पूरा गर्न सक्ने भए त रामराज्य भैहाल्थ्यो नि । यी नाचेका शिक्षकहरूले तिनका छोराछोरीका सबै माग पूरा गरिदिन सक्छन ? अनि अन्त्यमा पेशागत हकको लागि आएको कि ओलिलाई गाली गर्न ? बज्रस्वाँठहरू आफ्नो माग राख । ओलि विरूद्व व्यक्तिगत नारा लगाउने दलाल शिक्षकहरूलाई प्रहरीले लाठी बर्साउनुपर्छ । र पढाइ बन्द बिरूद्व अभिभावकहरू अघि बढनुपर्छ अब। साथै, बालहठ गरेर, सधैं बाटो रोकेर मजदुरको रोजिरोटी खोस्ने विरूद्व अब अभिभावक, मजदुर, व्यावसायी र अन्य सरोकारवालाहरू पनि अघि बढनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *