आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरु अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरु ठूला दलहरु पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए ।

उनले दलहरुबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे ।

आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसंग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए ।

सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोधमात्रै नभइ रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अहिलको व्यवस्थालाई सफल पार्न सवै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरि शिक्षकहरुको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।

उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।

Comments

2 responses to “आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला (भिडिओ)”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Krishna Sitaula. Narayan kaji shrestha. Bamdev Gautam. 3 jana le public vasan garna, janata lai yaso uso vanna, bolna bilkul suhaudaina. Cause election hare paxi feri chor bata bata samsad xirne. Thukka sala harami. Pasu haru.

  2. Mania Thompson Avatar
    Mania Thompson

    यो धोतिको दलाल, चमेरो फेरि र्यलेको गुला सुँगेर vitamin पाए जस्तो छ।?त्याउं ट्याउं गन्हाउने मुख खोल्न थालेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *