पिज्जा हटले विस्तार गर्‍यो लाबिम मलमा नयाँ स्टोर

­­­­­­­काठमाडौं ।  नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले ललितपुरको प्रमुख व्यापारिक केन्द्र लाबिम मलमा नयाँ स्टोरको भव्य उद्घाटन गर्दै आफ्नो उपस्थिति विस्तार गरेको छ।

पिज्जा हट नेपालको लागि आधिकारिक फ्रेन्चाइजी, देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको यो नयाँ स्टोर ललितपुर जिल्लाको पहिलो पिज्जा हट शाखा हो। यो स्टोर काठमाडौं उपत्यकाभित्रको छैटौं र देशभर नवौं शाखा हो, जसले पिज्जा हटको देशव्यापी बिस्तारलाई अझ सुदृढ बनाएको छ।

पिज्जा हट लाबिम मल स्टोर बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। १३७० वर्गफुटमा फैलिएको यस स्टोरमा एकैपटक ४४ जना ग्राहकहरू आरामपूर्वक बस्न सक्ने क्षमता रहेको छ। यहाँ पिज्जा हटका चर्चित सिग्नेचर पिज्जाहरू विभिन्न स्वादिष्ट टपिङ्ससहित उपलब्ध छन्। साथै, पास्ता, एपेटाइजरहरू लगायतका अन्य परिकारहरूले ग्राहकहरूको विविध स्वादको अपेक्षा पूरा गर्नेछन्।

अप्रिल २५, २०२५ बाट सुरु भएको ग्रान्ड ओपनिङ कार्यक्रममा उत्साहजनक वातावरण, स्वादिलो खाना, र स्थानीय समुदायसँगको अन्तरक्रियाले यो अवसरलाई विशेष बनाएको छ। साथै, ग्राहकहरूका लागि विशेष छुट र अफरहरू उपलब्ध गराइएको छ, जसले उनीहरूको अनुभवलाई अझै अविस्मरणीय बनाउनेछ।

पिज्जा हटका सबै रेस्टुरेन्टहरूले उच्चतम स्वच्छता र सुरक्षाका मापदण्डहरू पालना गर्ने प्रतिवद्धता जनाएका छन्, जसले ग्राहकहरूलाई आत्मविश्वासका साथ डाइन-इन, टेकअवे वा डेलिभरी सेवाको अनुभव प्रदान गर्छ। ग्राहकहरूले फुडमाण्डु, पठाओ, र भोज जस्ता डेलिभरी प्लेटफर्ममार्फत पनि आफ्नो मनपर्ने पिज्जा सजिलै अर्डर गर्न सक्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *