सरकार विचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिनु भयो : वर्षमान पुन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार विचौलिया र स्वार्थ समूहले बनाएको भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाए ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए । तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन । आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ ।’

उनले अहिले गभर्नर नियुक्तिमा पनि विचौलिया समूह हावी हुने खोजिरहेको आरोप लगाए ।

Comments

One response to “सरकार विचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिनु भयो : वर्षमान पुन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गगनले सबै कालका सरकारमा बिचौलिया हावि भनेका हुन् । तर एमालेको हकमा कम लागू हुन्छ यो कुरा । प्रचण्डको पालामा त दिल्लीका बिचौलिया हावि हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *