राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् ।

‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेकी छिन् । राष्ट्रपतिको उक्त निर्णय सँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

सम्भवतः मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस हुने छ।

Comments

One response to “राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो”

  1. जय साम्पाङ Avatar

    त्यसको अर्थ बडामहारानी बिद्यादेवी भण्डारी शासन हुनेभयो। अब नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन पद्धतिमा जाने बाटो खोज्यो। तर यसको लागि धेरै नेपालीको रगत बग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *