नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ (भिडिओ)

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । विद्या भट्टराईले  शिक्षामन्त्रीबाट  राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *