आइतबार श्वेत पत्र ल्याउँदै विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वित्तीय अवस्था समेटेर श्वेत पत्र ल्याउने तयारी गरेको छ । आउँदो आइतबार श्वेत पत्र ल्याउन लगेको हो । यो काम अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र आइतबार सार्वजनिक हुने बताए ।

उनले भने, ‘प्राधिकरणको आर्थिक अवस्था कस्तो छ भनेर प्रष्ट देखिने गरी श्वेत पत्र ल्याउने काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटिने छन् । श्वेतपत्र ल्याउन शनिवारसम्म सबै कम सकिन्छ । आइतबार हामी सार्वजनिक गछौं । ल्याउने अन्तिम तयारी भएको बताएका छन् ।’

शाक्य प्राधिकरणमा प्रबन्ध निर्देशक भएपछि श्वेत पत्र ल्याउने घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *