प्रचण्डको ब्रिफिङ- नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको निष्कर्ष छ ।

आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरे ।

बैठकमा सहभागी सांसदले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’

उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए ।

ती नेताले थपे, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । कांग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’

शिक्षा विधेयक र समग्र राष्ट्रिय राजनीतिको विषयमा प्रतिपक्ष दलहरूसँग एक पटक बस्ने र त्यसपछि कांग्रेससँग छलफल गरेर एउटा समझदारी गरेर अघि बढ्ने संकेत अध्यक्षले गरेको सुनाए ।

ती नेता थप्छन्, ‘ओलीजीको सरकार लम्बियो भने अलोकतान्त्रिक, स्वेच्छाचारी कदम बढ्ने हुँदा प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्न सक्छ । उहाँ यो संविधान नै खारेज भएपनि होस् भन्ने तहसम्ममा पनि जान सक्नुहुन्छ । त्यसैले हामीले कांग्रेससँग खुला छलफल गरेर अरू प्रतिपक्ष दलहरूलाई पनि विश्वासमा लिएर साझा धारणा बनाएर जानुपर्छ ।’

ती नेताले राजनीतिक सम्भावनाको खेल भएको भन्दै बजेटअघि नै सरकार ढाल्ने परिस्थिति परिपक्व बन्दै गएको सुनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि सरकारको आयुबारे विभिन्न टिका टिप्पणी भइरहेको छ। हिजो कांग्रेसका कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै सभापति देउवा फर्केपछि नयाँ ढंगले अघि बढ्ने संकेत गरेका थिए ।

Comments

3 responses to “प्रचण्डको ब्रिफिङ- नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    हत्यारो, दलालले सरकार बनेको दिन देखिनै यहि भनिराखेको छ । मान्छे मारेको, दिल्लीको भाडाको टट्टु बनेको, सधैं अस्थिर कुरा गरेकै खानलाई हो । काँग्रेस एमालेले सुझबुझपूर्ण हिसावले समिकरण अघि बढाउनु आवश्यक छ । ८४ सम्म सत्ता बाहिर राख्न सकेमा मानसिक अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

  2. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    यो पागल हो कि सद्दे हो । आर्जुलाई जेल हाल्न खोज्दा सरकार ढाले भन्छ । फेरी उनै देउवाको पाउ पर्न तछाडमछाड गरेको छ ।

    1. ksp pyl Avatar
      ksp pyl

      धन्दामा लागेको आईमाईकोजस्तो कुरा छ यसको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *