काठमाडौंको टिकट नमिलेपछि लखनउबाट सिधै रुपन्देही ल्याइँदै सुदीपको शव

रुपन्देही । भारतको जम्मु कश्मीरमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव काठमाडौं लैजान समस्या भएपछि लखनउ हुँदै आज रातिसम्म रुपन्देही ल्याउन लागिएको छ ।

यसअघि उनको शव कश्मीरबाट दिल्ली हुँदै काठमाण्डौ ल्याउन उनका काका दधिराम न्यौपाने बुटवलबाट बिहानै काठमाडौं पुगेका बताएका थिए ।

मंगलबार जम्मु कश्मीरस्थित पहलगाममा आतंकवादीको आक्रमणमा बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो ।

उनीसँगै गएका आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहितले शव लिएर आउन लागेको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंको टिकट नपाएपछि त्यहाँबाट लखनउ १०ः४० बजे ल्याइने र त्यहाँबाट गाडीमै सुनौली हुँदै बुटवल ल्याइने भएको परराष्ट्रस्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *