ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।

उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।

Comments

2 responses to “ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीको भाडाको टट्टुले स्वाभिमान र समृद्विका नायकलाई जथाभावी बोल्न बन्द गर । अनैतिक, अराजक, अस्थिर दलालहरू होशियार ।

  2. bharat kumar thapa Avatar

    हैन के हेरेर बसेको माओवादीले भनेपछि !!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *