कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउँदै बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत उक्त प्रकृया सुरु भएको हो ।

मन्त्रालयले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यक्रममा इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न भनेको हो ।

‘कृषि उद्यमीलाई कृषि कर्जा उपलब्ध गराई कार्यविधि अनुसार ब्याज अनुदान उपलब्ध गराउने बागमती प्रदेशमा कार्यक्षेत्र भएका इच्छुक बैंक तथा वित्तीय संस्थालाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ ।

मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार बैंक तथा वित्तीय संस्था मार्फत कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान प्रवाह हुँदै आएको छ । जसका लागि मन्त्रालयले कृषि सहुलियतपूर्ण कर्जा ९ब्याज अनुदान० कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ तयार पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *