झलनाथको दाबी- प्रधानमन्त्रीले शिक्षकको माग कुल्चिँदा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरुको माग पूरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताएका हुन् ।

समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरुको मागलाई कुल्चिएर हिँडेको उनले बताए ।

त्यस्तै, उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गरे ।

कांग्रेसको पिठ्युँमा बसेर केहिदिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उनले तर्क गरे । उनले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राखे ।

खनालले कम्युनिष्ट पार्टीबाट बिगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफु बढेको जिकिर गरे ।

Comments

One response to “झलनाथको दाबी- प्रधानमन्त्रीले शिक्षकको माग कुल्चिँदा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो”

  1. ksp pyl Avatar
    ksp pyl

    विना आधार, विना प्रमाण जे पनि बोल्ने ? ओलि नै हुन शिक्षकका विषय दीर्घकालीन रूपमा समाधान गर्न लागेका । प्रचण्डले विधेयक लैजादै फर्काउँदै गर्दा तिमीले केही बोलेनौ । अहिले काम गरिरहेको प्रधानमन्त्रीले त्यत्तिकै कुल्चेको भन्ने ? प्रचण्डको झोले हुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *