चन्द्रकला पौडेल सचिवमा बढुवा, शर्माको सहकारी मन्त्रालयमा सरुवा

काठमाडौं । सरकारले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालिन सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदका लागि बढुवा समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव पौडेलको सहित ३ सहसचिवको नाम सिफारिस गरेको थियो ।

केही दिन अघि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले पौडेलसँगै सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नामृ सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव शर्मालाई रिक्त भूमि सचिवमा सरुवा गरेको हो । पौडेललाई सचिव बढुवा गरेसँगै शर्माको स्थान कोशी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *