विद्याको राजीनामापछि महेश बस्नेतकाे टिप्पणी- उहाँको कार्य सम्पादनमा कमजोरी थियो

काठमाडौं । एमाले नेता महेश बस्नेताले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रुपमा चित्रण गरेका छन् । राजीनामा लगत्तै फेसबुकमा स्टाटस लेख्दै प्रतिक्रिया जनाएका हुन् ।

आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरुप मन्त्रीको राजीनामा आउनु उनकै कमजोरीको संकेत भएको बस्नेतको भनाइ छ ।

मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको दावी पनि उनले गरेका छन् ।

बस्नेत लेख्छन्, ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’

 

Comments

4 responses to “विद्याको राजीनामापछि महेश बस्नेतकाे टिप्पणी- उहाँको कार्य सम्पादनमा कमजोरी थियो”

  1. सन्ताेष झा Avatar
    सन्ताेष झा

    जताबाट भएपनि महिलालाई हाेच्याएरै छाड्ने तर शिक्षाक्षेत्रमा रहेका बिशमतालाइ किनारा लगाउने काम जुनै सरकारले पनि नगर्ने अनि कुराे चाहिँ जहिल्यै ठुल्ठुुलाे गर्ने !

  2. ksp pyl Avatar
    ksp pyl

    टिप्पणी हतारमा र बढी जान्ने सुन्ने भएर आयो ।

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    यो बलात्कारीको भनाइ किन प्रकाशित गरेको होला!!

  4. Mr. Lama Avatar
    Mr. Lama

    हैन हाै बस्नेत तैंले चाहिँ कति पढेकाे छस् ए ठ्याँस झ्याक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *