प्रहरीले नियन्त्रणमा लिएपछि लिङदेनको प्रतिक्रिया- हामी सबै थुनिन तयार छौं (भिडिओ)

काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्।

दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हालेको थियो ।

उनले भने, ‘निरंकूश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो । राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ ।

Comments

2 responses to “प्रहरीले नियन्त्रणमा लिएपछि लिङदेनको प्रतिक्रिया- हामी सबै थुनिन तयार छौं (भिडिओ)”

  1. bipin Avatar
    bipin

    yo Ganatantra kati darayeko ho…..thikaa KP ra Sere ko sarkaar ra parchandee ko ganatantra

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    प्रहरीको सलाम खान पाउने बेलाको थुनामा जान तयार छाैँ भन्न पनि लाज मान्नु पर्ने हो यिनले त । उनका शासनको बेलामा जस्तो प्रहरीले लात र बुथले ठेगान नलगाएको बेलामा थुनिन तयार अरे कति हाँस्नु ………..?

Leave a Reply

Your email address will not be published. Required fields are marked *