पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ।

गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीको नेतृत्वमा नागरिक उद्ययन कार्यालय पोखरा मार्फत नागरिक उद्ययन प्राधिकरण र सार्वजनिक लेखा समितिलाई छानविनको माग ज्ञापनपत्र बुझाएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी चर्चामा आएको भ्रष्टाचार छानबिनको विषयलाई अगाडि बढाउन र शंकाको घेरामा रहेको प्राधिकरणका विभिन्न पदाधिकारी र राजनीतिज्ञहरुलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्न मागपत्र गरिएको छ।

विमास्थल निर्मामा ठेक्का प्रक्रियादेखि निर्माण सकिँदासम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको उपसमितिले निष्कर्ष निकालेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *