प्रधानमन्त्रीले भने- मलाई थप सरकार चलाउनु छैन, त्यसकारण विश्वासको मत मागिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको बताएका छन्। दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताएका छन्।

‘मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ,’ शुक्रबार संम्पादकहरुसँगको अन्तरिक्रियामा ओलीले भने, ‘मलाई थप सरकार चलाउनु छैन । यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ । दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ। विरोधका लागि विरोध गरेको छ।’

ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताए। ‘चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो,’ ओलीले भने, ‘ मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।’

यद्यपि ओलीले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताए। ‘म दावी गर्ने पक्षमा छु,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’

विश्वासको मत नपाए संसद विघटन भएर चुनावमा जाने बताए।

Comments

One response to “प्रधानमन्त्रीले भने- मलाई थप सरकार चलाउनु छैन, त्यसकारण विश्वासको मत मागिनँ”

  1. krishna waiba Avatar

    मजाक गर्नु हुन्छ तपाईं कहिले सरकार चलाउन मन लागेन भन्नुहुन्छ फेरि पनि सरकारको नेतृत्व दाबी गर्न छोडिन्न पनि भन्नुहुन्छ।त्यसो हो भने अहिलेकै अवस्थामा बिश्वासको मत किन नलिनु भएको?तपाईंको नियत नै ठिक छैन यो महामारिमा भारतको इसारामा जसपाको ठाकुर र महतो संग मिलेर देश लाई उल्टो बाटो हिडाउन खोज्दै हुनुहुन्छ जसरी हुन्छ देशलाइ कमजोर पार्न खोज्दै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *